spot_img

सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो

spot_img

आयोजना गर्न लागिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक्स्पोको आम्दानीबाट सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माण गरिने संयोजक दुलालले बताए ।

यसअघि ०६६, ०७३ र ०७६ मा आयोजना गरिएको एक्स्पोबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माणको अन्तिम चरणमा रहेको र अन्य ४ वटा निर्माणका लागि एक्स्पो आयोजना गरिएको संयोजक दुलालले बताए । उनले भने,‘ एक्स्पो आयोजनाबाट भएको वचत रकम सार्वजनिक शौचालय निर्माण कार्यका लागि हस्तान्तरण गरिने छ ।’ शौचालयको व्यवस्थापन सुन्दरहरैचा उद्योग वाणिज्य संघले गर्ने उनले बताए । हाल सञ्चालनमा रहेको शौचालय नमूना शौचालयका रुपमा सञ्चालित रहेको दुलालको भनाई छ ।

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

सम्बन्धित खबर

spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू