त्यस्तै, चर्चित साउथ निर्देशक एटलीसँग सहकार्य हुने योजना पनि भइरहेको थियो । तर त्यो योजना पनि सफल भएन । सलमान अर्को साउथ निर्देशक राजकुमार पेरियासामीसँग सहकार्य गर्ने तयारीमा रहेको पनि चर्चा छ ।
बलिउड सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार सलमानले पछिल्लो केही हप्तामा तमिल निर्देशक राजकुमार पेरियासामीसँग पटक-पटक बैठक गरेका छन् ।
राजकुमारले सलमानलाई फिल्मको प्लट सुनाइसकेका छन् । उसो त ‘सिकन्दर’पछि सलमान दुई ठूला फिल्ममा काम गर्ने तयारी गरिरहेको पनि बताइन्छ । पहिलो ‘किक-२’, जसको आधिकारिक घोषणा भइसकेको छ । अर्को, संजय दत्तसँगको एक एक्सन फिल्म ।