spot_img

विहारलाई हराउँदै टिएफसी मिल्स गोल्डकपको सेमिफाइलनमा

spot_img

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आज भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।

जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।

एकपक्षीय खेल पस्किएको टीएफसीले खेलअवधीभर कटिहारलाई पुरै दबावमा राखेको थियो । खेलको ३७ औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो ।

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

सम्बन्धित खबर

spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू