spot_img

विराटनगरमा ढाका महोत्सव सुरु, १४ जिल्लाका ३० स्टल

spot_img

मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षदेखि प्रदेश भित्रका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि ढाकाको पहिरन अनिवार्य गर्ने योजना रहेको जानकारी दिए । ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र स्वदेशी व्यापारलाई टेवा दिन यो नीति ल्याउन लागिएको हो, ‘मुख्यमन्त्री कार्कीले भने, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस विषयलाई समावेश गरेर आवश्यक बजेट पनि विनियोजन गरिनेछ ।’

कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले पनि स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई सरकारले विशेष संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् । उनले स्थानीय परम्परा र सम्पदाको संरक्षण गर्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन ढाका उद्योगको महत्वपूर्ण भूमिका रहेको बताइन् । ‘हाम्रो परम्परागत सीप र कलालाई संरक्षण गर्दै यसलाई आर्थिक विकासको माध्यम बनाउनु आजको आवश्यकता हो,‘उपसभामुख दनुवारले भनिन्, ‘स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाउन सकोस् भन्ने हाम्रो चाहना छ ।’

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

सम्बन्धित खबर

spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू