विराटनगरको जुट मिल खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगको हो ।
उपाधिको लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाट र लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि लेटाङका सौगात राईले दुइ गोल, विवेक राई, अनुप मगर, सन्दिप मगर र किरण शंकरले समान १–१ गोल गरे । घरेलु टिम पेमाको तर्फबाट निशान्त राई, रोशन राई र प्रनिश न्यौपानेले समान १ –१ गोल गरे ।
खेल सुरु भएको ४ औं मिनेटमा पेमा स्पोर्टिङ क्लबका निशान्त राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको पाँच मिनेट बित्न नपाउँदै पेमाका रोशन राईले ९ औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । यो अग्रता पहिलो हाफसम्म मात्रै टिक्यो । खेल सुरु भएको ९ औं मिनेटमा २–० गोलले लेटाङ पछि परेपछि आक्रमक खेल पस्कियो । त्यसपछि लेटाङका खेलाडी विवेक राईले खेलको २३ औ मिनेटमा पुजन चौधरीले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । खेलको ३२ औं मिनेटमा अनुप मगरले अर्को गोल गर्दै खेल बराबारीमा ल्याए । पहिलो हाफसम्म २–२ गोलको बराबारी भयो । दोस्रो हाफपछि लेटाङले आक्रमक खेल पस्कियो । खेलको ५७ औं मिनेटमा सन्दिप मगरले गोल गर्दै अग्रता तेब्बर बनाए । किरण शंकरले खेलको ६५ औं मिनेटमा गोल गर्दै लेटाङले ४–३ गोलले अग्रता बनायो ।