नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)ले आगामी नोभेम्वर ७ गते अष्ट्रियामा खुल्ला भलिबल प्रतियोगिता गर्दैछ । युरोपमा बस्ने नेपालीबीच भाइचारा अभिवृद्धि र स्वास्थ्य जीवनका लागि सचेतना जगाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको संघका सल्लाहकार अंग शेर्पा बताए। खेलकुदले मान्छेका मन र मुटुलाई जोड्ने शेर्पाको भनाइ छ । विगत एक दशकभन्दा लामो समयदेखि अष्ट्रियाको तिरोलमा पर्यटन व्यवसाय गरेर बस्ने सल्लाहकार शेर्पा प्रतियोगितालाई लिएर सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताए । संघको खेलकुदसँगै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको समेत प्रचारप्रसार गर्ने उद्देश्य रहेको बताउनु हुने सल्लाहकार शेर्पासँग प्रतियोगिताको तयारीलगायतका विषयमा गरिएको कुराकानीको सार ः