तर ,यो शास्त्रको विश्लेषण गर्ने एक पद्यतिको (लो सो ग्रिड) को उद्गम स्थल चीन हो । अर्थात् लो सो ग्रिडको पहिलो प्रयोग चीनमा भएको हो । अंकज्योतिष (न्युमेरोलोजी) लाई पाइथागोरस न्यूमेरोलोजी, कबलाह न्युमेरोलोजी, चाल्डियन न्युमेरोलोजी, पाइथागोरियन न्युमेरोलोजी, चिनियाँ न्युमेरोलोजी चीनमा हुदै हालको वैदिक न्यूमेरोलोजी भारत हुँदै नेपाल भित्रिएको यो विधि जन्म मितिको अंक सही भयो भने त्यसैलाई आधार मानेर गहस्थिति , व्यक्तिको भावी योजना, वर्तमान अवस्था , शुभ अशुभ अंक लगायत व्यक्तिगत पाटालाई दुःखको भूमरीबाट पार लगाउन सकिने दाविका साथ न्यूमेरोलोजीमा अभ्यासरत युवा न्यूमेरोलोजिष्ट पुष्कर पोखरेलसँग दीपक निरौलाले गरेको कुराकानीको सार
न्यूमेरोलोजी (अंक ज्योतिष)भनेको के हो ? सर्वसाधारणले बुझ्नगरी प्रष्ट पारिदिनु न ।
न्यूमेरोलोजी भनेको अंकको भाषा हो । जन्ममितिमा भएका अंकको आधारमा प्रयोग गरिने अंकको भाषा हो । जीवनमा हुँदै गरेका भएका र भविष्यमा हुने जानकारीलाई अंकको आधारमा गरिएको अभ्यास हो । जस्तै यो जन्म मिति का आधारमा निकालिन्छ । जन्मदिनको अंकका आधारमा निक्लिने अंकलाई मूलांक (ड्राईभर नम्बर( भनिन्छ । जस्तैः १३ गते जन्मिएको व्यक्तिको १ + ३ = ४ । भनेको उक्त व्यक्तिको मूलाङ्ग ४ भयो । यसैको आधारमा ग्रहस्थिति हेरेर जानकारी गराइन्छ । दोस्रो जन्ममितिमा भएका सबै अंकहरु जस्तै २०४६ ÷७÷१३ गते जन्मिएको व्यक्तिको सबै अंक जोडेर आउने एकल अंक (सिङ्गल) २+०+४+६+७+१+३ =२३ । जसलाई फेरी जोडेर २+३ =५ अंक आयो । यो अंक चाहिं भाग्यको नम्बर वा कन्डक्टर नम्बर हो । गणितको भाषामा जम्मा अंक चाहिं ९ वटामात्र रहेका हुन्छन् । जन्म मितिमा जति नम्बर आएपनि जोडेर एकल अंक निकाल्नु पर्छ । मूलांङ्क अंक ३ र भाग्याङ्क ५नम्बरको आधारमा रहेर मानवीय जीवनसँग व्यक्तिको हरेक कुराको विश्लेषण गरिन्छ । यसको लागि व्यक्ति जन्मिएको मिति चाहिं सही हुनुप¥यो ।