विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरमा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । आयोजकले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि पाचौं संस्करणको हुन लागेको गल्र्स अन ह्विल प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउनेछन् ।
प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा १ सय वटा स्कुटरको सहभागि गराउने लक्ष्य रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुई जनाले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए ।
‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको हुन्छ । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुने गर्दछन् । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गर्दछन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिनेछ,’ प्रतियोगिताका संयोजक राठीले भने ।