प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरसंवाद कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । उनले गणतन्त्रमा आएर पनि जनताका निराशा कायम रहेको बताए । गणतन्त्रभन्दा अझ उन्न्त व्यवस्था जनताको चाहना भएको उनले बताए ।
‘एउटा सामन्तवादी युगको अन्त्य भयो । जनता सार्वभौम हुने क्रममा थिए । गणतन्त्र नआएको भए नेपाल अझै सय वर्ष सामन्तवादमै हुने थियो ,’ उनले भने । समाज विकासको चरित्र हेर्दा जति हुनुपर्ने थियो हुन नसक्दा केही असन्तुष्टि उजागर भएको उनले बताए । उनले सम्पत्ति माथिको अधिकार अझै जनतामा नआएकाले नेपाली राजनीति जानेर वा नजानेर चरम अन्तरविरोधमा रहेको बताए ।
‘सामन्तवादी व्यवस्था अन्त्य भए पनि पुँजी दलाल पुँजीपतिको नियन्त्रणमा हुँदा जनताले राहत पाएका छैनन्,’ उनले भने, “युवा पलायन त्यसको परिणाम हो । राज्यले नै विदेश जान प्रेरित गरिरहेको छ ।’